महेश थापा
प्यूठान, २१ भदौं । गएराती परेको अविरल वर्षका कारण प्यूठानको नौबहिनी गाउँपालिकाका विभिन्न ठाँऊमा क्षति पुगेको छ । बल्लेखोला नजिकै एक युवकको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । प्रहरी घटना स्थल पुगेको छ ।
नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङको सरिमा र खालिवाङका तीन वटा घर भत्किँएका छन् । सरिमाका एक स्थानीय घाईते भएका छन् ।
लुङ खोलामा रहेको तठबन्धन खोलाले बगाउँदा सिरसेनी गाऊँ जोखिममा रहेको छ ।
थप विवरण आउँदै ।