> समाज > भैलो खेलेको रकम सहयोग


भैलो खेलेको रकम सहयोग

प्यूठान, १७ बैशाख ।
नौबहिनी गाउँपालिका ८ फोप्लीमा माक्रे दर्शन युवा क्लव क्रियाशिल छ । युवा क्लवले समाज सुधारका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । विभिन्न सामाजिक कार्यका लागि क्लवले वर्षेनी देउसीभैलो खेलेर आर्थिक संकलन गर्दछ । र उक्त रकमलाई पुनः समाजको हितमै खर्च गर्छ ।
अहिले कोरोना संक्रमणको जोखिम बढिरहेका बेला क्लवले पुनः सामाजिक सेवा देखाएको छ । कोरोना बाट बच्न र बचाउनका लागि राहत कोषमा जम्मा हुने गरि वडा कार्यालयलाई आर्थिक सहयोग गरेको छ । देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट दश हजार रुपियाँ वडालाई उपलब्ध गराएको स्थानीय राम बहादुर भण्डारीले बताउनुभयो । क्लवका अध्यक्ष बल बहादुर केसी र सह सचिव विशाल केसीले वडाअध्यक्ष ओविराम विकलाई हस्तान्तरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *