दीपेन्द्र सुनार
झिमरुक । झिमरुक गाउँपालिका वार्ड न १ सौतामारेमा खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
“राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ” भन्ने नाराका साथ स्थानीय युवाहरुको संयुक्त आयोजनामा जेठ २६ र २७ गते प्युठान , अर्घाखाँची र गुल्मीको संगम स्थल सौतामारे पोखरा छेडामा प्रतियोगिता आयोजना गरिएको आयोजक प्रतिनिधि गोबिन्द नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो ले ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।