खेलकुद

ओमानसँग नेपाल फेरी पराजित

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २६ माघ ।
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्र्तगत ओमानसँग भएको अर्को खेलमा पनि पराजित भएको छ । यसअघिको खेलमा १८ रन अन्तरले पराजित भएको नेपाल आज भएको खेलमा पनि ८ विकेटले पराजित भएको हो ।
आज भएको ओमानसँगको खेलमा नेपालले राम्रो ब्याटिङ गरेपनि जित हात पार्न सकेन । पुरै ओभर खेलेर २४९ रन बनायो । ८ विकेट गुमाएर उक्त रनको योगफल तयारपार्दा नेपाल जितको आत्मविश्वास बोकेर खेलिरहेको थियो ।
जव ओमानलका ब्याट्सम्यान २४९ रनको लक्ष्य पछ्याउँदै क्रिजमा उत्रिएपछि नेपालका बलरसामु चुनौती खडा भयो । ओमानका ब्याट्सम्यानलाई नेपालका बलरले रोक्नै सकेनन् । जसले गर्दा ओमानले मात्र २ विकेट गुमाएर सजहै लक्ष्य भेटायो । उसले ४७.१ ओभर खेल्दै उक्त लक्ष्य भेटायो ।
अघिल्लो खेलमा नेपालका बलर चम्किए पनि आजको खेलमा बलरको प्रर्दशनी फिक्का जस्तै रह्यो । नेपालका ब्याट्सम्यानले राम्रो योगफल जोडेपनि आजकोे खेल आफ्नो पक्षमा पार्न सकेन् ।
नेपालले भोलि अमेरिकासँग खेल्ने तालिका रहेको छ । शनिबारको खेलमा अमेरिकामाथी नेपालले जित हात पारेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close