प्यूठान । नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको तर बजेटमा नसमेटिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन अन्र्तगत जेठ २० देखी २६ गतेसम्म विद्यालयका कर्मचारी शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने, जेठ २७ देखी असार १ गतेसम्म काठमाण्डौमा रिले अनसन बस्ने र माग सम्बोधन नभए असार २ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने बताइएको छ ।