प्युठान । स्वर्गद्वारी नगरपालिका- ७ ताप स्थित माडी नदिमा डुबेर एक युवकको ज्यान गएको छ ।
झिमरुक गाउँपालिका-८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
ट्याक्टरका सह-चालक रहेका रोका मगर बालुवा लिन खोला गएको बेला नदिमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।
आज बिहान ११ बजे घटना भएको र शबलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।