> राजनीति > सहकार्य मार्फत अघि बढ्न महराको आग्रह


सहकार्य मार्फत अघि बढ्न महराको आग्रह

प्यूठान, १७ बैशाख ।
पूर्व सभामुख कृष्ण बहादुर महराले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनिरहँदा हालको अवस्थामा सवै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संधर्ष गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका महराले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेको भन्दै यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको उल्लेख गनुभएको छ । प्रेस वक्तव्य जारी गरि उहाँले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!