> सम-सामायिक > कोभिड–१९ मा मेलान प्युठानको सहयोग


कोभिड–१९ मा मेलान प्युठानको सहयोग

प्यूठान – मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नं. ५ प्यूठानले कोरोना जाँचको लागी नमुना संकलन तथा परिक्षणका लागी जनशक्ति खटाउने भएको छ ।

बिश्वभर फैलिएको कोरोना महामारी कोभिड–१९ सम्बन्धी रोगको निदान कार्यमा नमुना सङकलन तथा परिक्षणका लागी प्यूठान जिल्लामा आवश्यक परेको खण्डमा १६ जना प्रयोगशाला कर्मी सहयोग गर्न तयार रहेको पत्र बुधबार मेलान प्यूठानका अध्यक्ष बिनोद के सीले स्वास्थ्य कार्यालय प्यूठानलाई बुझाउनु भएको छ । त्यस्तै मेलानमा आबद्द जिल्लाका प्रयोगशाला कर्मीहरुलाई नमुना संकलनको लागी तालिमको सहजीकरण गर्न पनि अध्यक्ष के सीले स्वास्थ्य कार्यालयलाई अनुरोध गर्नुभएको छ ।

सबै ठाउमा ल्याब सेवा नभएको, कोभिड–१९ को महामारीमा प्रयोगशाला कर्मीहरुको विशेष भुमिका हुने र यस्तो बेलामा जनशक्ति अभाब हुने हुदा केहि जनशक्ति मेलानले सहजीकरण गरिदिने अध्यक्ष केसीले जानकारी गराउनु भएको छ । साथै उहाले भन्नुभयो देभरी छरीएको उक्त संगठनले कोभिड–१९ को अवस्थामा सरकारलाई सहयोग गर्दै आईरहेको बताउनु भयो ।

प्यूठान नगरपालिका र मेलानको साझेदारीमा आज प्यूठान नगरपालिका ५ जुमृकाडामा क्वारेन्टाइनमा बसेका ४ जना महिला र ४ जना पुरुष गरि ८ जनाको RDT जाँच गराईएको छ । जाँचका क्रममा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जाँचमा खटिएका प्रयोगशाला कर्मी बोम बहादुर परियारले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *