> राजनीति > अमेरिकी साम्राज्यवादको दलदलले नेपालको लोकतन्त्र खतरामा छ : राजमो प्रवक्ता पौडेल


अमेरिकी साम्राज्यवादको दलदलले नेपालको लोकतन्त्र खतरामा छ : राजमो प्रवक्ता पौडेल

प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवादको दलदलमा नेपालको लोकतन्त्रसँगै सार्वभौमिकता माथि नै खतरा बढेको बताउनुभएको छ ।

बिहिवार प्रगतिशील पत्रकार संघ नेपाल, प्युठान शाखाले प्युठानको बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले यस्तो बताउनुभएको हो ।

 

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अमेरिकी साम्राज्यवादविरुद्ध मेची-महाकाली अभियानको पश्चिमी टोलीले प्युठानमा पुगेर मच्छिमा अमेरिकी साम्राज्यवादको विरोधमा सभा गर्ने बताएको छ।

 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासामा राजमो उपाध्यक्ष एवम् प्रवक्ता पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले यो वा त्यो रुपमा आक्रमण गर्दै आएको बताउनुभयो ।

 

देशमा दिनानुदिन अमेरिकी साम्राज्यवादको गतिविधि बढदै जादा राष्ट्रियता अफ्ट्यारोमा पर्दै गएकोले यसतर्फ जनता चनाखो हुनुपर्ने बताउनुभयो । “राष्ट्रियता गणतन्त्र देशमा संकटमा परेको छ ।”उहाँले भन्नुभयो ,” यस्लाई बचाउन राष्ट्रिय जनमोर्चाले मेची-महाकाली अभियान शुरु गरेको हो ।”

 

गणतन्त्रको रक्षाको अहिलेको मुख्य आवश्यकता भएको भन्दै उहाँले यस्को रक्षाको लागि जनमोर्चाले जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताउनुभयो । एमसिसी जस्तो राष्ट्रघाती सम्झौताले देशको राष्ट्रहितको पक्षमा नरहेकोले गाउँगाउँमा जागरण अहिलेको मुख्य काम भएको बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो प्रदेश खारेजी हुनुपर्ने उहाँको भनाई छ । स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने बताउनुभयो। संघ र स्थानीय सरकारलाई अधिकार सम्पन्न, जनमुखी बनाउने र जनताले अनुभुति गर्ने गरि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

राजमोले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ मेची महाकाली अभियान सुरु गरेको हो । यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने बताएको छ ।

प्रगतिशील पत्रकार संघ नेपाल, प्युठान शाखा कार्यबाहक अध्यक्ष जुमान सिंह केसीको अध्यक्षमा भएको कार्यक्रम राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम राजमोका केन्द्रिय प्रदेश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता तथा विभिन्न संचार संबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *