> समाज > आत्महत्या रोकथामका बारेमा युवाहरुलाई प्रशिक्षण


आत्महत्या रोकथामका बारेमा युवाहरुलाई प्रशिक्षण

प्यूठान, २५ भाद्र । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज प्यूठान नगरपालिका वडा नम्बर ७ टिकुरीका युवाहरूलाई आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलुक प्रशिक्षण दिइएको छ ।

‘आत्महत्या रोकथाममा सबैको सहकार्य, बाचे सन्सार जितिन्छ’ भन्ने नाराका साथ जनज्योति सामुदायिक विकास केन्द्र टिकुरी प्यूठानको आयोजनामा केन्दको सभा हलमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा आत्महत्या के हो ?, आत्महत्याका कारण र यसको रोकथामका विषयमा मनोविमर्शकर्ता शान्ती पन्डितले प्रशिक्षण दिनुभएको थियो । यादव पन्डितको समन्वय र सहजीकरण र केन्द्रका अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

प्यूठान पनि आत्महत्या गर्नेहरुको संख्या धेरै भएकाले सामाजिक जागरणका गतिविधि संचालन गर्नु पर्ने आवश्यकता रहेको अध्यक्ष रिजालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *