प्यूठान । विभिन्न माग राख्दै आन्दोलमा रहेको नेपाल विद्यालय कर्मचारी परिषदले थप आन्दोलनको कार्यक्रम तय गरेको छ । सरकारले गरेको तलव वृद्धि विद्यालय कर्मचारीलाई समेत लागु गर्नुपर्ने लगायतका माग राखेर परिषदले आन्दोलन गर्दै आएको छ ।
परिषदले ८ गतेसम्म माइतिघर मण्डलामा धर्ना, ९ गने विरोध र्याली, १० र ११ गते डिजिटल आन्दोलन, १२ देखि १८ गतेसम्म एक हप्ता सामुदायिक विद्यालय बन्द गर्ने र १९ गते काठमाण्डौमा प्रर्दशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
विद्यालय कर्मचारीको मागको विषयमा विभिन्न शिक्षकका संघ संगठनले समेत ऐक्यवद्धता जनाएका छन् ,