यादव पौडेल
देविस्थान, २५ असोज । जिल्ला प्रहरी कार्यालय प्यूठानले दशै तिहारलाई लक्षित गरेर नागरिक सहायकता कक्ष स्थापना गरेको छ । आज आईतबार प्रहरीले माण्डवी गाउँपालिकाको जस्पुरमा नागरिक सहायता कक्षको उद्घाटन गरेको हो ।
कोरोनासँगै पछिल्लो समय मानिसहरुको आवागमन वृद्धि भएसँगै सहज यात्राको लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागरिक सहायकता कक्ष स्थापना गरेको जनाएको छ । जस्पुर सहित प्यूठान नगरपालिकाको जुम्री र बाग्दुलामा समेत कक्ष स्थापना गरिएको छ ।
कक्ष स्थापना गरिएका ठाउँमा रहेका प्रहरी बिटबाट नै नागरिकलाई सहायकता उपलब्ध गराइने प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरीक्षक सुनिल मल्ल लगायतको उपस्थितीमा कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव निरिक्षक केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो ।