> आर्थिक > करदाता सेवा कार्यालय प्यूठान खारेज, स्थानीय तहबाट सेवा प्रदान हुने


करदाता सेवा कार्यालय प्यूठान खारेज, स्थानीय तहबाट सेवा प्रदान हुने

प्यूठान । करदाता सेवा कार्यालय चकचके खारेज हुने भएको छ । अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरूलाई खारेज गरी खारेज हुने भएको हो । अर्थमन्त्रालयको प्रस्तावमा सरकारले यस्तो निर्णय गरेको हो ।

करदाता सेवा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको हो । तत्कालै स्थानीय तहबाट सो सेवाहरू सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवाहरू सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको विभागका निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई अझ करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप सेवालाई विकेन्द्रीकरण गर्ने व्यवस्था गरिएको विभागको दावी छ । उक्त कार्यालय खारेजसँगै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायत धेरै सेवाहरू अनलाइन प्रणाली मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ ।