> आर्थिक > वर्षेनी थपिँदै लघु उद्यमी


वर्षेनी थपिँदै लघु उद्यमी

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २८ माघ ।
जिल्लामा वर्षेनी लघु उद्यमी सृजना हुँदै आएका छन् । लघु उद्यम विकास कार्यक्रमसँगै उद्यमी सृजना हुन थालेको जिल्लामा कार्यक्रम सकिएपछि सरकारमार्फत नयाँ लघु उद्यमी सृजना र भएका उद्यमीको स्तरोन्नतीको काम भइरहेका छन् ।
जिल्लाका सवै स्थानीय तहमा उद्यमी सृजना गर्नका लागि गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम यस वर्ष सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग विकास समिति प्यूठानको चालु आर्थिक वर्षको मेड्पा कार्यक्रम अन्र्तगत स्थानीय तहका बस्तीहरुमा नयाँ उद्यमी सृजना गर्न लागिएको हो ।
कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा ३९२ नयाँ उद्यमी र २४० उद्यमीलाई स्तरोन्नती गर्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानका प्रमुख उद्योग अधिकृत खेम बहादुर थापाले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि दुई वटा क्लस्टर विभाजन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनका लागि एक करोड २२ लाख रुपिँया विनियोजन भएको छ । महिला सहयोग मञ्च प्यूठान र फुलवारी एकीकृत ग्रामीण विकास संस्था प्यूठानसँग कार्यालयले सम्झौता गरिसकेको छ । चालु आर्थिक वर्षको असारभित्र कार्यक्रम सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय तहसँग समन्वय गरि कार्यक्रम सञ्चालन गरिनेछ । गतवर्ष कार्यक्रम अन्र्तगत ३७६ नयाँ उद्यमी र दुई सय उद्यमीलाई स्तरोन्नती गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *