प्यूठान । नेपाली कांग्रेस प्यूठानको क्षेत्र नम्वर २ को क्षेत्रिय सभापतिमा सरोज थापा(रोज राणा) निर्वाचित हुनुभएको छ । राणाको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
उपसभापति सिद्धिमान एमसी, जुमानसिंह जिसी, सचिव बल बहादुर महतरा, पदम थापा, सह सचिव जनक अधिकारी बालाराम पौडेल रहनुभएको छ ।
क्षेत्रिय अधिवेशनबाट १७ जना प्रदेश प्रतिनिधि छनौट भएका छन् । जसमा मेघराज पुरी, झपेन्द्र बहादुर थापा, प्रकाश भण्डारी, मेघराज भट्ट, गिरीराज पोख्रेल, पदम केसी, सुवास केसी, पशुपति डिसी, दुर्गा गिरी, रेशमा न्यौपाने, रेशम सेजुवाल, सीता वैद्य, मनिसा पौडेल, तुलसा सुनार, केशव पुन, पवित्रा पुन र भुवन सुनार रहनुभएको छ ।
कांग्रेसको कार्यतालिका अनुसार क्षेत्रिय अधिवेशनपछि जिल्ला अधिवेशन रहेपनि त्यसविपरित जिल्ला अधिवेशनपछि क्षेत्रिय अधिवेशन भएको भन्दै कार्यकर्ताले असन्तुष्टी जनाएका छनु ।
