> समाज > एक वर्षमा प्यूठानमा ११७ जना मानिस हराए


एक वर्षमा प्यूठानमा ११७ जना मानिस हराए

प्यूठान, १५ साउन । प्यूठानमा आर्थिक वर्ष २०७६/७७ मा ११७ जना मानिस हराएका छन् ।

हराउनेमा ७३ जना महिला, १८ जना पुरुष, ४ जना बालक र २२ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । हराएका मध्ये ३७ जना महिला, ६ जना पुरुष, ३ जना वालक र १६ जना बालिका हालसम्म फेला परेका छन् भने ५५ जना अझै वेपत्ता रहेका छन् ।

यस्तै आ.व २०७४/७५ मा ९३ महिला, १९ पुुरुष, २० वालक र २८ वालिका गरी जम्मा १६० जना मानिस हराएका थिए । जसमध्ये १५८ जना फेला परेका छन् भने २ जना महिला अझै वेपत्ता रहेका छन् ।

यस्तै आ.व २०७५/७६ मा ९३ महिला, २३ पुुरुष १४ वालक र १९ वालिका गरि १४९ जना मानिस हराएका थिए । जसमध्ये १२३ जना फेला परेको र वाकि २६ जना भने फेला परेका छैनन् ।

हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको हुन सक्ने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *