> आर्थिक/बिकास > प्यूठानको रजवारामा रोपिएको किबी फल्न थाल्यो


प्यूठानको रजवारामा रोपिएको किबी फल्न थाल्यो

प्यूठान, २९ कार्तिक । गौमुखी गाउँपालिका ३ रजवारामा रोपिएको किबी उत्पादन सुरु भएको छ ।

३ बर्ष अगाडी रोपिएको किबी यो बर्ष एक क्विन्टल बराबरको उत्पादन भएको सुमन जडिबुटी तथा कृषि नर्सरीका सन्चालक नरेन्द्र मल्लले बताउनुभयो ।

छिमेकी जिल्ला दाङ तथा जिल्ला भित्रबाट यसको माग आएकाले प्याक गरेर त्यहाँ सम्म पुराएको मल्लको भनाई छ । ‘किबीको महत्व बुझेकाहरु भने खोज्दै समेत आएका छन्,’ उहाँले भन्नुभयो ।

फलदिन सुरु गरेको पहिलो बर्ष भएकोले केही फल भने छरछिमेकीलाई चखाएकोले सबै फल बिक्री नगरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ ‘नयाँफल सबैले चाखम भनेर सबै बिक्री गरिन गाउँघरमा छरछिमेकी तथा आफन्तलाई चखाईयो ।’

सुरुमा रोपिएको २४ बिरुवा मध्य केहि बिरुवाले यो बर्ष बाट फलदिन सुरु गरेको हो । रपाचँ सय रुपियाँ प्रतिकिलो मुल्यमा मल्लले किबि बिक्री गर्नुभएको छ । बारीमा अर्को बर्ष फल दिने एक सय भन्दा बढि बिरुवा समेत रहेको छ ।

उहाँले अहिले फलदिने बिरुवा सँगै बिक्री गर्ने साना बेर्ना समेत तयार पार्दै हुनुहुन्छ । बेर्ना तयार हुन भने अझै केहि समय लाग्ने उहाँको भनाई छ । काठमाण्डौ बाट तिन सय रुपैया बराबरको एक बेर्ना ल्याएर किबी खेति सुरु गर्नु भएको मल्लले अहिले रजवारामै किबी लगायत अन्य बिभिन्न जडिबुटी तथा फलको बेर्ना उत्पादन सुरु गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *