प्युठान । प्युठान नगरपालिकाको प्रमुख र उप प्रमुख गठबन्धनले जितेको छ ।
नगर प्रमुख बिस्णु योगि र उप प्रमुख देबेन्द्र वर्मा बिजयी हुनुभएको हो ।
योगीले ९३२३ मत प्राप्त गर्नुभयो भने एमालेका बिजयबिराज बिष्टले ७८१६ मत ल्याउनुभएको छ । बर्माले ९४९० मत पाउनुभयो भने एमालेकी पबित्रा जीसीले ७१८२ मत पाउनुभएको छ ।
पालिकामा ४ र ८ वडा एमालेले जितेको छ । १० वडा स्वतन्त्र र अरु वडा गठबन्धनले जितेको छ ।




