> समाज > प्यूठानमा कोरोना संक्रमित ३२३ हुदा ७४ जना निको भएर घर फर्किए


प्यूठानमा कोरोना संक्रमित ३२३ हुदा ७४ जना निको भएर घर फर्किए

प्यूठान, २० असार । प्यूठानमा कोरोना संक्रमित ३२३ पुगेको छ ।

शनिवार एकैदिनमा १७ जना थप भएसँगै कुल संक्रमितको संख्या ३२३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । आज थप भएका १७ संक्रमित मध्ये प्यूठान नगरपालिकाका ४ जना, गौमुखी गाउँपालिकाका १ जना, झिम्रुक गाउँपालिकाका २ जना, मल्लरानी गाउँपालिकाका ४ जना, स्वर्गद्वारी नगरपालिकाका ३, सरुमारानी गाउँपालिकाका २ जना, ऐरावति गाउँपालिकाका १ जना रहेका छन् ।

यस्तै कोरोनावाट निको हुनेको संख्या ७४ पुगेको छ । शनिवार थप २० जना कोरोना निको भएर घर फर्किएका छन् । आज डिस्चार्ज हुनेमा स्वर्गद्वारी नगरपालिकाका ५ जना, ऐरावति गाउँपालिकाका १२ जना, नौवहिनि गाउँपालिकाका ३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *