> राष्ट्रिय > प्यूठानमा लकडाउनको समय थपियो


प्यूठानमा लकडाउनको समय थपियो

प्यूठान, २३ बैशाख । प्यूठानमा थप एक हप्ता लकडाउन गर्ने निणर्य भएको छ ।

 

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकले एक साता लकडाउन गर्ने निणर्य गरेको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

 

यसअघि बैशाख १८ गतेदेखि बैशाख २४ गतेसम्मका लागि एकसाता लकडाउन गर्ने निणर्य बैठकले गरेको थियो ।

 

अब बैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *