> राष्ट्रिय > प्यूठान महोत्सव : ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश, विद्यार्थीलाई कति ?


प्यूठान महोत्सव : ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश, विद्यार्थीलाई कति ?

प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ मा जेष्ठ नागरिकहरुलाई प्रवेश निःशुल्क हुने भएको छ । उपसमितिको सिफारिसमा महोत्सव कार्यसम्पादन समितिले टिकट दर निर्धारणा गर्दै जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको सुविधा दिने निर्णय गरेको हो ।

सुविधा लिनका लागि आवश्यक प्रमाण जस्तैः जेष्ठ नागरिक परिचय पत्र, नागरिकता वा उमेर खुल्ने कुनै आधाकारिक प्रमाण साथमा हुनुपर्नेछ । ८० रुपैंया प्रवेश टिकट शुल्क निर्धारण गरिएकोमा विद्यार्थीलाई विशेष छुट दिइने महोत्सव प्रचार प्रसार समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका उपमहासचिव गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो ।

विद्यार्थी परिचय पत्रका आधारमा ५० रुपैंया शुल्कमा प्रवेश टिकट उपलब्ध गराईनेछ । महोत्सव यहि फागुन ४ गतेदेखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान विजुवार प्यूठानमा संचालन हुँदैछ । महोत्सव मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *