प्युठान । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.को अधिबेशन अनिश्चितकालका लागी सारिएको भन्दै ब्यबसायीहरुले बिरोध जनाएका छन् । पत्रकार सम्मेलन गरी अधिवेशन राेकेकाेमा बिरोध जनाएका हुन् । गत भदौ १६ गते भएको प्रा.लि.को साधारण सभाले असोज १३ गते अधिवेशन गर्ने निर्णय गरेको थियो । तर कार्य समितिले साधारण सभाको निर्णय बिपरित बिबिध कारण देखाएर अधिवेशन अनिश्चित कालका लागि स्थगित गरेको भन्दै आबद्ध बहुमत सदस्यहरुले आपत्ति जनाएका छन् ।
प्रा.लि.को दर्ता भएदेखि हालसम्म करचुक्ता नगरिएको, लेखापरिक्षण नियमित नगरिएको, साधारण सभा पनि नगरिएको र कम्पनि रजिस्टार कार्यालयमा अध्यावधिक पनि नगरिनुको कारण व्यसायीहरुले खोजेका हुन् । उनीहरुले यी सबै कुरा समाधान गरी तत्काल अधिबेशन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
सञ्चालकले समयमै कम्पनी रजिष्टारमा अध्यावधिक नगर्दा सस्था खारेजीको अबस्थामा पुगेको उनीहरुको आरोप छ । उता संस्थामा मनोमानी बढ्दै गएको र संस्थाबाट आफुलाई बायस गर्न खोजेको भन्दै सञ्चालक सदस्य हरि खड्काले राजीनामा दिने घोषणा गर्नुभयाे । “संस्था नियम बिपरित चल्न थाल्यो यसलाई रोक्न खोज्दा मलाई बाइपास गर्न खोजियो त्यसकारण राजीनामा दिने घोषणा गरेको हुँ” खड्काले भन्नुभयाे । उहाँले सञ्चालक समितिको सदस्यको रुपमा काम गर्ने अबसर दिएको भन्दै पदाधिकारी तथा ब्यबसायीहरुलाई धन्यावाद ज्ञापन समेत गर्नुभएकाे छ ।
नेतृत्वले ब्यबसायीको माग सम्बोधन नगरे आन्दोलन गर्ने उनीहरुले बताएका छन् । कम्पनी रजिष्टारमा अध्यावधिक र पञ्जिकरणको काम बाकी रहेका कारण तोकिएको समयमा अधिबेशन गर्न नसकेको प्रा.लि.ले बताएको छ । यी प्रकृया पुरा हुने बित्तिकै अधिबेशन गर्ने प्रा.लि.को भनाई छ ।
