> समाज > लायन्स क्लवको अध्यक्षमा निर्माण व्यवसायी श्रेष्ठ


लायन्स क्लवको अध्यक्षमा निर्माण व्यवसायी श्रेष्ठ

प्यूठान, २२ बैशाख ।
लायन्स क्लब अफ प्युठानको अध्यक्षमा निर्माण व्यवसायी बालाजु श्रेष्ठ चयन हुनुभएको छ । नेपाल निर्माण व्यावसायी संघका केन्द्रीय सदस्य श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ ।

क्लवको प्रथम उपाध्यक्ष बद्रिनाथ श्रेष्ठ, द्धितिय उपाध्यक्ष मिन बहादुर कुँवर, तृतिय उपाध्यक्ष ढुण्डिराज गौतम, सचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष झविन्द्र शर्मा रहनुभएको छ । क्लवको सदस्यमा अर्जुन कुमार कक्षपति, तुल्सिराम रिजाल, युवराज थपलिया, सुसिला शाहि, कमला रिजाल लगाएत रहनुभएको छ ।

स्थानीय तहलाई राहत दिने
क्लवले कोरोना संक्रमणबाट प्रभावितलाई राहत उपलब्ध गराउने उदेश्यले प्यूठान नगरपालिका र मल्लरानी गाउँपालिकालाई राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले सवै सदस्यबाट रकम संकलन गरि दश हजार रुपियाँका दरले दुई वटा स्थानीय तहलाई राहत स्वरुप रकम उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बैठकले नविनकुमार श्रेष्ठ ,सुर्यचन्द्र खनाल र ध्रुवकुमार बिस्टलाई नयाँ सदस्यता दिएको छ । क्लव १० बर्षदेखि जिल्लामा क्रियाशिल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *