> राष्ट्रिय > ओठतालु फाटेका ८ बालबालिकाको नि:शुल्क सल्यक्रिया हुने


ओठतालु फाटेका ८ बालबालिकाको नि:शुल्क सल्यक्रिया हुने

प्युठान । बि एन्ड बि अस्पताल काठमाडौंको आयोजना तथा रास्ट्रीय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा ओठ तथा तालु फाटेकाहरुको लागि नि:शुल्क छनोट शिबिर प्युठानमा सम्पन्न भएको छ।

प्युठानको गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डबि गाउँपालिका र जिल्ला अस्पताल बिजुवार प्युठानमा छनोट शिबिर संचालन गरिएको सेवा संघ प्युठानका सचीव राजेन्द्र रावत छेत्रीले जानकारी दिनु भयो ।

जिल्लाका विभिन्न स्थानमा भएको छनोट शिबिरबाट १४ जना नया तथा पुराना बिरामी हरुको परामर्श तथा समस्या पहिचान भएको अपाङ्गता अधिकारकर्मी तथा जिल्ला सम्पर्क ब्यक्ति जुमान सिंह के सीले बताउनुभयो ।

छनोट भएका ८ जनालाई सल्यक्रियाको लागितत्काल काठमाडौ पठाइने केसीले बताउनुभयो ।

ओठतथा तालु फाटेका स्वस्थ्य तथा उपचारमा सहज पहुँच नपुगेका ब्यक्तिको निशुल्क उपचार सहितको सेवा संचालन गरिएको बि एन्ड बि अस्पतालका प्रतिनिधि माधब बानियाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *