प्यूठान, २३ असोज । ‘We Are One Royal Pyuthan’ ग्रुपले विद्यालयमा पुगेर विद्यार्थीलाइ स्वास्थ्य साम्रगी वितरण गरेको छ ।
प्युठान नगरपालिका वडा नं १ भुमिश्वरी आधारभुत विद्यालय कुमिकोटका विद्यार्थीलाइ मास्क, सेनिटाइजर वितरण गरिएका ग्रुपका सदस्य नविन बस्नेतले जानकारी दिनुभयो । विद्यालयमा रहेको विद्यार्थीहरुलाई करिव २५० माक्स र सेनिटाइजर वितरण गरिएको हो । कोरोना भाइरसको जोखिमलाइ कम गर्ने उदेश्यले उक्त सामग्री वितरण गरिएको बस्नेतले बताउनुभयो । ग्रुपले यसअघि पनि सामाजिक कार्य गर्दै आएको र निरन्तर गर्दै जाने उहाँको भनाई छ ।
