प्यूठान । पाँच दलीय गठबन्धनले आगामी चुनावलाई लक्षित गर्दै कार्यर्का भेट्न शुरु गरेको छ । जुम्रीमा आज संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रम गरेर गठबन्धनले अभियान शुरु गरेको हो ।
जुम्रीमा भएको भेलालाई सम्वोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका तीनै जना उम्मेदवारलाई जिताउनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले प्यूठानी जनताले गठबन्धनलाई जिताउने दावी गर्दै जिल्लाको विकासका लागि तिन जनाको टिमले आगामी दिनमा काम गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश क्षेत्र नम्वर २ का उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रिय सभापति रोज राणाले विगतका प्रतिनिधिले चुनाव जितेर काम गर्न नसकेकाले जिल्ला पछि परेको भन्दै आफूले जिल्लाको विकासका लागि काम गर्ने बताउनुभयो । उहाँले प्यूठानबाट जितेपछि राष्ट्रिय जनमोर्चाका प्रतिनिधि दुर्गा पौडेल पनि मन्त्री बनेर जिल्लाको विकासमा लाग्ने बताउनुभयो ।
गठबन्धनले आज प्यूठान नगरपालिकाको जुम्रीमा र मल्लारानी गाउँपालिकाको खलंगामा संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रम गरेको थियो ।
