प्युठान । १६ औँ राष्ट्रिय निर्माण दिवस-२०८० को अवसरमा प्युठानमा अपांगता विद्यार्थीलाई भोजन गराईएको छ । निर्माण व्यवसायी संघ प्यूठानकाे आयाेजनामा मल्लरानी गाउँपालिका- ४, खलंगामा रहेकाे शारीरिक अपांगता आवास गृहका बालवालिकाहरुलाई भोजन गराएको हो ।
राष्ट्रिय अपांग सेवा संघ प्युठानले संचालन गरेको शारीरिक अपांगता आवास गृहमा जिल्लाका विभिन्न ठाउँका अपांगता भएका बालबालिका बस्दै आएका छन । २०७१ सालमा आवास गृह स्थापना भएको थियो । हाल ११ जना वालवालिका आवास गृहमा बसेर अध्ययन गर्दै आएका छन ।
उनीहरूले नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरेको संघका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो । आवास गृह संचालन गर्न विभिन्न निकायसंग सहयोग लिने गरेको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नबिन कुमार श्रेष्ठले दिवसको अवसरमा सामाजिक कार्य गरिएको बताउनुभयो । उहाँले देश निर्माणको क्षेत्रमा निर्माण ब्यबसायीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राज्यले ब्यबसायीलाई काम गर्ने वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।
