प्यूठान, १० भाद्र । बुधवार दिउसो परेको बर्षाको कारण प्यूठान नगरपालिका ९ मरन्ठाना ददेरीमा भल पस्दा ५ घरमा क्षति पुराएको छ ।
ढुङ्गा माटो सहितको भलले गाई भैसी बाख्रा बाध्ने गोठ तथा घरमा क्षति पुराएको प्यूठान नगरपालिका ९ का अध्यक्ष नेहरसिंह केसिले जानकारी दिनु भएको छ ।
केशमान सुनार, बिक्रम अधिकारी, नरबहादुर केसी, जितबहादुर केसी र गोरबहादुर भण्डारीको घर तथा गोठमा भल पसेको हो । भल दिउसोमा आएकोले मानबिय क्षति तथा पशुको क्षति नभएको उहाँले जानकारी दिनुभएको छ । भल पस्दै गर्दानै भैसि तथा बाख्रालाई सारेर बचाएको अध्यक्ष केसिले जानकारी दिनुभएको हो ।