> समाज > स्वर्गद्वारी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो


स्वर्गद्वारी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

प्यूठान, १५ असार । स्वर्गद्वारी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा स्वर्गद्वारी नगरपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ३९ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यस्तै प्यूठान नगरपालिकामा २ जना र नौवहिनी गाउपालिकाका २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । जसमध्ये नौवहिनि गाउँपालिकाका १६ जना, सरुमारानी गाउँपलिका १ जना र माण्डबी गाउँपालिकाका १ जना निको भएर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!