> समाज > दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा प्रतिक्षालय बनाइने


दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा प्रतिक्षालय बनाइने

प्यूठान । जन्ती जीप दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा प्रतिक्षालय निर्माण गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङ स्थित ओखरपाटामा प्रतिक्षालय निर्माण गर्न लागिएको स्थानीय पदम बहादुर के.सी.ले जानकारी दिनुभयो ।

 

प्रतिक्षालय निर्माणका लागि आर्थिक सहयोग संकलन शुरु गरिएको छ । प्रतिक्षालय बनाउन मान बहादुर खत्रीले जग्गा दिनुभएको छ । दुई हजारदेखि माथि सहयोग गर्नेको नाम शिलालेखमा लेखिने समेत के.सी.ले बताउनुभयो ।

 

२०७८ माघ २१ गते जन्ती जीप दुर्घटना हुँदा लिवाङका बसन्त बहादुर खड्का, बसन्ता खड्का, एलिसा खड्का, बल बहादुर बुढामगर, खिम बहादुर खत्री, केशरी खड्का, नन्दी खड्का र नौबहिनी गाउँपालिका वडा नम्वर ६ का विपना जिसीको ज्यान गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *