> समाज > कोभिडका कारण नेवारी परम्परागत जात्रा प्रभावित


कोभिडका कारण नेवारी परम्परागत जात्रा प्रभावित

प्यूठान, १७ साउन । कोभिड १९ को संक्रमणका कारण विभिन्न क्षेत्र प्रभावित भैरहेको सन्दर्भमा प्यूठानमा हुने नेवारी परम्परागत जात्राहरुमा समेत परेको छ ।

अहिले विभिन्न सांस्कृतिक प्रदर्शनी (जात्रा)हरु हुने समय भए पनि कोरोना संक्रमणका कारण रोकिएको नेवा देय् दवु जिल्ला समन्वय समिति प्यूठानका अध्यक्ष बसन्तलाल शाक्यले बताउनुभयो ।

केहि गर्नै पर्ने जात्रा स्वास्थ्य मापदण्ड पुरा गरी गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष दिवंगत भएका आफन्तको सम्झनामा निकालिने ताराली जात्रा मात्र हुने भएको छ । तारली जात्रा साउन १९ गते रक्षाबन्धनको दिन साँझ र भोलिपल्ट छिनीमिनी जात्रा मात्र हुने भएको हो ।

स्वास्थ्य माण्दण्ड र भिडभाड नगर्ने गरी दुई दिनको जात्रा मात्र हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *