> राष्ट्रिय > आईटी पृष्ठभुमिका नविन कुमार श्रेष्ठको निर्माण व्यवसायी यात्रा


आईटी पृष्ठभुमिका नविन कुमार श्रेष्ठको निर्माण व्यवसायी यात्रा

प्यूठान, १८ पुस । निर्माण व्यवसायीलाई प्रविधिमैत्री बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको नवनिर्वाचित निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठले बताउनुभएको छ ।

 

प्यूठान समाचारसँगको कुराकानीमा उहाँले सरकारी नियमानुसार इन्टरनेटमा आधारित प्रविधिको प्रयोगले व्यवसायिक क्षमता विकासको कार्यायोजना अहिलेको अनिवार्य आवश्यकता भएको उल्लेख गर्नुभयो ।

 

निर्माण व्यवसायी संघ प्यूठानको पाँचौं अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

 

आईटि पृष्ठभुमिका श्रेष्ठ अध्यक्षमा निर्वाचित

 

२०६३ सालको कुराका हो, प्यूठानमा कम्प्यूटरको प्रचलन न्यून थियो । सरकारी सेवा प्रवाह तथा कामकाजमा कम्प्यूटरको प्रयोग गर्नुपर्छ भन्दै जिल्लामा कम्प्यूटर भित्र्याउने इशान इफोसिसका संचालक नविन कुमार श्रेष्ठको एजेण्डामा अधिकांस जिल्लाका सरोकारवाला सकारात्मक थिएनन् । सयम वित्दै जाँदा युग अनुसारको मागले श्रेष्ठको सपना अनुसार अहिले कम्प्यूटरको मात्र होइन इन्टरनेट समेत अत्यावश्यक भैसकेको छ ।

 

इन्फरमेसन टेक्नोलोजी (आईटी)को देशव्यापी संगठन कम्प्यूटर एशोसिएसन अफ नेपाल (क्यान) प्यूठानका संस्थापक समेत रहेका श्रेष्ठ २०७२ सालदेखि निर्माण व्यवसायमा समेत सक्रिय हुनुहुन्छ । २०६५ सालमा इशान कन्ष्ट्रक्सन दर्ता गरे पनि उहाँ २०७२ सालदेखि प्यूठानमा निर्माण व्यवसायीको रुपमा सक्रिय हुनुहुन्छ ।

 

निर्माण व्यवसायीलाई प्रविधि र प्राविधिक विषयमा क्षमता बृद्धि गर्नुपर्ने धारणा राख्ने उहाँ निर्माण व्यवसायी संघ प्यूठानको कार्यसमिति सदस्य र कोषाध्यक्षको भुमिका समेत सफलता पुर्वक निर्वाह गरिसक्नु भएको छ ।

 

याे पनि पढ्नुहाेस् । https://pyuthansamachar.com/7892/

Leave a Reply

Your email address will not be published. Required fields are marked *