> राष्ट्रिय > प्यूठानका पत्रकार जि.सी पुरस्कृत


प्यूठानका पत्रकार जि.सी पुरस्कृत

प्यूठान । प्यूठान जिल्लाका पत्रकार राजेश जि.सी. पुरस्कृत हुनुभएको छ । जिल्लाको पहिलो गैर सरकारी संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा प्यूठानले पत्रकार जि.सींलाई पुरस्कृत गरेको हो ।

 

संस्थाको ४४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार जि.सी.लाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले पुरस्कार प्रदान गर्नुभएको हो । पत्रकार जिसी रेडियो माण्डवीको स्टेशन म्यानेजर र ग्यालेक्सी फोके टेलिभिजनमा प्यूठानबाट रिर्पोटिङ गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *