महेश थापा
प्यूठान, ८ साउन । नौबहिनी गाउँपालिका वडा नम्वर २ लिघाका एक पुरुष मृत फेला परेका छन् ।
तीन दिनदेखि घरबाट हराएका तक बहादुर दर्लामी शुक्रबार विहान लुङ खोलाको लाखाचौर पुल नजिक मृत फेला परेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ ।
अन्दाजी ५२ वर्षीय दर्लामीको शव पोष्ट मार्टमका लागि प्यूठान अस्पताल विजुवार लगिएको छ ।
