> राष्ट्रिय > क्रिकेट खेलाडी प्रतिश जि.सी.लाई काठमाण्डौमा सम्मान


क्रिकेट खेलाडी प्रतिश जि.सी.लाई काठमाण्डौमा सम्मान

प्युठान । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जि.सी.लाई काठमाण्डौमा सम्मान गरिएको छ ।

 

प्युठान-काठमाण्डौ नेवा:समाज र स्वर्गद्वारी महाप्रभु बचत तथा ऋण सहकारीले संयुक्त रुपमा सम्मान गरेको हो । राष्ट्रिय टिमका सदस्य जिसी र अन्डर १९ टिमका सदस्य दिपक बोहरालाई सम्मान गरिएको हो ।

जिसीलाई २५ हजार र बोहरालाई ५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । नेवा: समाजका अध्यक्ष लाल चन्द प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत सहकारीका कोषाध्यक्ष राजमणी श्रेष्ठ र संचालन सदस्य प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *