समाज

प्यूठानमा १२७ जना क्वारेन्टाइनमा

[mashshare]

कमल बि.क.
प्यूठान, ६ वैशाख ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लक डाउनका घोषणा गरेपनि मानिसहरु हिँडेरै गन्तव्यमा पुग्ने गरेका छन् । लक डाउन कडाईका लागि सरकारले ‘जहाँ छौं, त्यहि बस’ भन्दै आएपछि पैदल हिड्नेहरुको कमि भएको छैन ।

हिँडेरै गन्तव्यमा पुग्नेहरुलाई स्थानीय सरकारले क्वारेन्टाईनमा राख्न थालेका छन् । शुरुशुरुमा होम क्वारेन्टाईनमा बस्न सुझाव दिने गरिएको भएपनि त्यो कार्यान्वयनको स्थिति नभएपछि पालिकाहरुले बनाएको क्वारेन्टाईनमा राख्न थालिएको हो ।

अहिले जिल्लाका विभिन्न स्थानमा बनाईएको क्वारेन्टाईनमा १ सय २७ जना छन् । सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीका अनुसार प्यूठान नगरपालिकामा ११, स्वर्गद्वारी नगरपालिकामा २७, गौमुखी गाउँपालिकामा ३, झिमरुक गाउँपालिकामा ५, नौबहिनी गाउँपालिकामा १६, मल्लरानी गाउँपालिकामा ६, माण्डवी गाउँपालिकामा २६, ऐरावती गाउँपालिकामा २० र सरुमारानी गाउँपालिकामा १३ जना गरी १२७ जना रहेका हुन् ।

शुरुमा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भनिएको पछि थप गरि २१ दिन बस्नुपर्ने नियम बनाईएको छ । कोरोना भाईरस संक्रमण हुन नदिन क्वारेन्टाईनमा अर्काे व्यक्तिसँग सम्पर्क नहुने गरि बस्नुपर्ने हुन्छ । क्वारेन्टाईनको अवधि सकिएपछि आरडिटी चेकअप गरि घर पठाउने गरिएको छ । क्वारेन्टाईनमा बसेका ६० जनालाई घर पठाई सकिएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुलाई पालिकाहरुले खाने व्यवस्था समेत गरेका छन् ।

क्वारेन्टाइनमा भारत तथा जिल्लाका विभिन्न क्षेत्रबाट आएका मानिसहरु छन् । सरकारले एक पालिकाबाट अर्काे पालिका, एक जिल्लाबाट अर्काे जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेश नजान आग्रह गर्दै आएको छ ।

त्यस्तै, प्यूठानमा फागुनको अन्तिम साता र चैत्र महिना भरिमा बाहिरी मुलुकबाट ३ हजार २ सय ६४ जना आएको तथ्यांक छ । जसमध्ये भारतबाट ३ हजार १ सय ७६ र तेस्रो मुलुकबाट ८८ जना छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close