प्युठान । कालिका बिकास केन्द्र नेपालको ४१ औं बार्षिक साधारणसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
अधिबेशनबाट पुनः सनत श्रेष्ठको अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्ष कृष्ण कर्माचार्य,
महासचिव सीता श्रेष्ठ, सचिब अनिलकुमार श्रेष्ठ, कोषाध्यक्ष प्रदीप कर्माचार्य रहनुभएको छ ।
त्यसैगरी सदस्यमा तुकमान सिंह कार्की, सरस्वती श्रेष्ठ, नरेन्द्र भण्डारी, पार्वती कक्षपती, निर्मला प्रधान, सर्मीला पन्थी सुनार
र बालाजु राजभण्डारी रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सदस्य धनलक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।
