> आर्थिक/बिकास > राष्ट्रिय स्तरको प्रर्दशनीमा प्यूठानकी उद्यमी चित्रकली बुढा उत्कृष्ट


राष्ट्रिय स्तरको प्रर्दशनीमा प्यूठानकी उद्यमी चित्रकली बुढा उत्कृष्ट

प्यूठान । कोठी हिमाल अल्लो कपडा उद्योगकी सञ्चालक चित्रकली बुढा छैठौं राष्ट्रिय स्तरको औद्योगिक प्रर्दशनी तथा अन्र्तराष्ट्रिय प्रर्दशनीमा उत्कृष्ट हुनुभएको छ ।

 

पुस २ देखी ४ गतेसम्म चितवनमा भएको प्रर्दशनीमा बुढाले राखेको प्रर्दशनी कक्ष उत्कृष्ट भएर दित्तिय स्थान हासिल गर्नुभएको हो । बुढालाई ७५ हजार रुपियाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।

 

चित्रकलीले लामो समयदेखि अल्लो(चाल्ने सिस्नो) बाट उत्पादित धागो तथा कपडाको उद्योग सञ्चालन गर्दै आउनुभएको छ । यसअघि पनि उहाँले विभिन्न पुरस्कार तथा भ्रमणको अवसर समेत पाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *