प्यूठान । स्थानीय तह निर्वाचनमा जिल्लाबाट ३ जना पत्रकार उम्मेदवार बनेका छन् । पत्रकार महासंघ प्युठानको पूर्व पदाधिकारी समेत रहेका तीन जना पत्रकार विभिन्न पदमा उठ्दैछन् ।
पत्रकार महासंघका पूर्व अध्यक्ष महावीर राना, पूर्व उपाध्यक्ष प्रमोद पोख्रेल, पूर्व सह-सचिव नोमराज पौडेल चुनाव लड्दै हुनुहुन्छ । राना गौमुखी गाउँपालिकाको उपाध्यक्ष, पोख्रेल झिमरुक गाउँपालिकाको उपाध्यक्ष र पौडेले मल्लरानी गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।
पत्रकार राना नेकपा माओवादी केन्द्रबाट, पत्रकार पोख्रेल नेपाली कांग्रेसबाट र पत्रकार पौडेल नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको हो । पत्रकार पोख्रेल र पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो ।
नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै उम्मेदवार बन्ने पत्रकारको सदस्यता स्वतः खारेज हुने जनाएको छ । जिल्लामा पत्रकार चुनावमा उम्मेदवार भए/नभएको जानकारी गराउन महासंघले जिल्ला शाखालाई पत्र पठाएको छ ।