राष्ट्रियसमाज

प्यूठानको माण्डवी २ धनचौरमा ७ घर पहिरोले बगायो, १२ घर जोखिममा

प्यूठान । माण्डवी गाउँपालिका- २ धनचौरमा पहिरोले ७ घर बगाएको छ । आज विहान पहिरोले ७ घर पूणर् रुपमा क्षति भएको स्थानीय दान बहादुर खत्रीले जानकारी दिनुभयो ।

तस्वीर हेमराज अधिकारी

स्थानीय बल बहादुर खत्री, ज्ञान बहादुर सार्की, राम बहादुर सार्की, दिल बहादुर सार्की, दिल बहादुर खत्री, हिमलाल खत्री र विर बहादुर दमाईको घर पहिरोले बगाएको छ ।

 

पहिरो अहिले पनि निरन्तर झरिरहेको छ । जसका कारण एक दर्जन घर जोखिममा परेका छन् । चन्द्र बहादुर ठेडीमगर, कमल पुनमगर, बोम बहादुर खत्री, मिन बहादुर खड्का, डिल बहादुर खड्का, भक्त बहादुर खत्री, गिर बहादुर खत्री क, गिर बहादुर खत्री ख, मेख बहादुर खत्री, धन बहादुर सार्की, बसन्त बहादुर दमाई र घन बहादुर खत्रीको घर जोखिममा रहेको दान बहादुर खत्रीले प्यूठान समाचारलाई बताउनुभयो ।

तस्वीर हेमराज अधिकारी

पहिरोका कारण गाईबस्तु पुरिएको र निकाल्न नसकिएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराएपनि अहिलेसम्म पुगिनसकेको खत्रीले बताउनुभयो ।

Related Articles

Back to top button