प्यूठान, ३२ जेठ । स्कार्पियो दुर्घटनामा नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको आज निधन भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्कने क्रममा उहाँ चढेको गाउँपालिकाको लु १ झ ३७०० नंम्वरको स्कार्पियो गाडी खोलामा खसेर दुर्घटना भएको थियो । घटनामा गम्भीर घाइते हुनुभएका अध्यक्ष शर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ स्थित लक्ष्मीनगर पुलमा ठोकिएर खोलामा खस्दा गाडी दुर्घटनामा परेको हो । चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चालक घाइते भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
