> समाज > प्यूठानको रातापानीमा दम्पती मृत फेला, हत्याको आशंका


प्यूठानको रातापानीमा दम्पती मृत फेला, हत्याको आशंका

प्यूठान । माण्डवी गाउँपालिका-२ रातापानीमा शनिवार बिहान मृत अवस्थामा फेला परेका दम्पत्तीको हत्या आशंका गरिएको छ ।

 

६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियार घरको कोठाभित्र मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।

 

दुवैको टाउकोमा चोट देखिएको छ । मृत्त फेला परेका दम्पतीको हत्या आशंका गरिएको छ ।

 

घटनाको अनुसन्धानका लागि भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक केशब के.सिले बताउनुभयो ।

 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोली खटिनुभएको छ ।

 

प्रहरीलाई आज दिउसो साढे १२ बजे मात्र घटनाको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *