> समाज > प्यूठानमा ढुङगाले लागेर एक पुरुषको मृत्यु


प्यूठानमा ढुङगाले लागेर एक पुरुषको मृत्यु

प्यूठान, २३ असार । प्यूठानको माण्डवी गाउँपालिका–१ अरङखोलमा ढुङ्गाले लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका–१ अरङखोलाका २९ वर्षीय डोर बहादुर कुवरको ढुङ्गाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार निर्माणधिन देविस्थान तिराम सडकखण्डबाट ढुङ्गा खसेर कुवरलाई लागेको थियो । घाईते कुवरलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *