> समाज > शरीरमा लगायका गहना लुटपाट गर्ने प्रहरी हिरासतमा


शरीरमा लगायका गहना लुटपाट गर्ने प्रहरी हिरासतमा

प्यूठान । घरमा एक्लै बसिरहेको अबस्थामा कुटपिट तथा लछार पछार गरी लगाएको सुनका गहना लुटपाट गर्ने एक पुरुषलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको छ ।

 

झिमरुक गाउँपालिका-३ का ४२ वर्षीय अवि सामतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 

सामतले कार्तिक १६ गते झिमरुक गाउँपालिका-५ ददेरीकी ७४ वर्षीय सरस्वती गिरी घरमा एक्लै भएको समयमा मारवाडी र कानपासा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो ।