> समाज > यथासक्य पीसीआर ल्याव सञ्चालनका लागि महासंघको आग्रह


यथासक्य पीसीआर ल्याव सञ्चालनका लागि महासंघको आग्रह

प्यूठान, ७ असार । जिल्लामा कोरोना परीक्षणका लागि यथासक्य पीसीआर ल्याव सञ्चालनका लागि नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

यसअघि विपद व्यवस्थापन समिति बैठकले जिल्लामा पीसीआर परीक्षणका लागि ल्याव सञ्चालन गर्ने निर्णय गरेकोमा उक्त निर्णय कार्यान्वयनका लागि आग्रह गरिएको महासंघका अध्यक्ष महावीर रानाले बताउनुभयो ।

पत्रकार महासंघ प्यूठानले आज सूचना केन्द्र विजुवारमा बसेको बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कोरोना परीक्षणको दायरा बढाउन समेत महासंघले आग्रह गरेको छ । त्यसैगरि व्यवस्थित आइसोलुसन कक्ष, क्वारेन्टिन लगायतको व्यवस्थापन गर्न सम्वन्धित निकायलाई आग्रह गरेको छ ।

बैठकले जिल्लाका पत्रकारहरुको कोरोना बीमा गर्न नेपाल पत्रकार महासंघ प्रदेश शाखा मार्फत प्रदेश सरकारलाई आग्रह गरेको छ ।
महासंघका उपाध्यक्ष स्वर्गीय बसन्ता भट्टको सम्झनामा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकमा पत्रकार महासंघका पूर्व उपाध्यक्ष प्रमोद पोख्रेलले पत्रकारको सुरक्षाका लागि केएन ९५ मास्क हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!