प्युठान । प्युठान नगरपालिकाको चालु आर्थिक वर्षको हालसम्म ४५ प्रतिशत खर्च भएको छ । हालसम्म ३७ करोड ४१ लाख ५० हजार २०७ रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार सप्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार चालु खर्च ५६ प्रतिशत र पुँजिगत खर्च २४ प्रतिशत रहेको छ । पालिकाको अनुमानित आय ८१ करोड ९७ लाख ५३ हजार मध्ये हालसम्म ६४ करोड ४४ लाख २७ हजार ५८२ रुपियाँ आम्दानी रहेको छ ।
कार्यक्रममा जग्गा वर्गिकरण, बसपार्क ब्यबस्थापन, चिस्यान केन्द्र, अनुदान लागायत विषय उठेको थियो । उठेका प्रश्नको जवाफ नगर प्रमुख बिष्णु बहादुर योगी, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ सहित शाखा प्रमुखले दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ प्युठानको सहजीकरणमा भएको कार्यक्रममा स्वागत नगर प्रबक्ता सुमन श्रेष्ठ र संचालन पत्रकार महासंघका सचिब प्रकाश बैधले गर्नुभएको थियो ।