> राजनीति > ५ नं. प्रदेश सरकारले स्थानीय तहलाई अनुदान दिने


५ नं. प्रदेश सरकारले स्थानीय तहलाई अनुदान दिने

प्यूठान, ३ बैशाख ।
५ नं. प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरुलाई कोरोना विशेष अनुदान दिने भएको छ । आज बसेको प्रदेश परिषद्को बैठकले १०९ स्थानीय तह र १२ जिल्ला समन्वय समितिलाई गरी १३ करोड ६० लाख रुपैंया अनुदान दिने निर्णय गरेको हो ।

बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया दिने भएको छ । सिद्धार्थनगर नगरपालिकालाई २० लाख, अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंयाका दरले अनुदान दिने निर्णय भएको मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार सेरबहादुर के.सी.ले जानकारी दिनुभयो ।

प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले र १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले अनुदान दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

यस्तै जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउने भएको छ । प्रदेश सभा सदस्यको अनिवार्य सहभागीतामा अनुगनको कामलाई प्रभावकारी बनाउने निर्णय भएको प्रस सल्लाहकार के.सी.ले बताउनुभयो ।

कुल १०९ स्थानीय तहलाई १३ करोड र १२ जिल््ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया कोरोना भाईरस नियन्त्रण तथा राहत सम्वन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा खर्च गर्नुपर्ने प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!