प्युठान । प्युठानमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।प्युठानको बाग्दुला बसपार्कबाट गौमुखी गाउँपालिकाको पुजा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
प्युठानको बाग्दुलाबाट गौमुखी-४ पुजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी गाउँपालिकाको वडा नम्बर ७ नारिकोटको पातीहाल्ना नजिक मलारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३ जना सामन्य घाइते भएको छन् ।
अन्य सबै यात्रु सकुशल रहेको गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । यात्रुबाहक बसमा १८ जना यात्रु सवार रहेको बताइएको छ ।
दुर्घटना स्थलमा तत्कालै घाइतेको उद्धारको लागि प्रहरी जनप्रतिनिधि र स्थानीयको सक्रियता रहेको थियो ।
