> राष्ट्रिय > जन्मदिनको अवसरमा वाटर डिस्पेन्सर मेसिन हस्तान्तरण


जन्मदिनको अवसरमा वाटर डिस्पेन्सर मेसिन हस्तान्तरण

प्यूठान । लायन्स क्लव अफ प्यूठान भित्रिकोटका सचिव रामप्रसाद पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा प्यूठान अस्पताललाई वाटर डिस्पेन्सर मेसिन हस्तान्तरण गर्नुभएको छ । एक कार्यक्रमको आयोजना गरि पोख्रेलले तातो, मनतातो र चिसो पानी पिउन मिल्ने वाटर डिस्पेन्सर मेसिन हस्तान्तरण गर्नुभएको हो ।

 

 

अस्पतालमा पुगेका विरामी र विरामीका आफन्तले प्रयोग गर्न सक्ने गरि मेसिन उपलब्ध गराएको पोख्रेलले बताउनुभयो । लायन्स क्लवका सदस्यहरुले जिल्लामा जन्मदिनको अवसरमा विभिन्न सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *