> राष्ट्रिय > झिमरुकमा स्वास्थ्यका सूचकमा वृद्धि, जिल्लामै उत्कृष्ट पालिका बन्यो


झिमरुकमा स्वास्थ्यका सूचकमा वृद्धि, जिल्लामै उत्कृष्ट पालिका बन्यो

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७८/०७९ को प्रगति अनुसार जिल्लाभरमा उत्कृष्ट पालिका बनेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले तयार गरेको मूल्यांकन मापदण्ड अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये झिमरुक गाउँपालिका उत्कृष्ट भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । वार्षिक समीक्षाको अवसरमा पालिका छनौट गरि सम्मान गरिएको उहाँले बताउनुभयो । यसअघिको वर्ष जिल्लाको माण्डवी गाउँपालिका उत्कृष्ट भएको थियो ।

झिमरुक गाउँपालिकामा संस्थागत सुत्केरी, चार पटक गर्भ जाँच, प्रसुती जाँच लगायतका महत्वपूणर् सूचकमा वृद्धि भएको छ ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास के.सी.का अनुसार संस्थागत सुत्केरी ६५ प्रतिशतबाट बढेर ७२ प्रतिशत, चार पटक गर्भ जाँच ४६ बाट ५५ प्रतिशत र सुत्केरी जाँच ३१ बाट बढेर ५६ प्रतिशत पुगेको छ ।

पालिकाले पाँच वटा स्वास्थ्य चौकी र तीन वटा आधारभुत स्वासथ्य केन्द्रबाट स्वास्थ्य सेवा दिइरहेको छ । पालिकाभित्र पोषण वृद्धि अनुगमन बढेको, परिवार नियोजनको साधनको प्रयोगदर बढेको स्वास्थ्य शाखा प्रमुख के.सी.ले बताउनुभयो ।

पालिका भित्रका ८० वर्ष माथीका जेष्ठ नागरिक घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । ६० वर्ष माथीका व्यक्तिलाई आँखा उपचार तथा शल्यक्रिया निःशुल्क गरिएको प्रमुख के.सी.को भनाई छ । पालिकाले ८० वर्ष माथीका नागरिकलाई घरमै पुगेर पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

पालिका भित्र रहेका १० जना एचआईभी संक्रमित व्यक्तिलाई पोाष्ण अवस्था सुधार गर्न प्रतिव्यक्ति १८ हजार दिँदै आएको छ । सुनौला हजार दिनका गर्भवतिको पोषण स्वास्थ्य, संस्थागत सुत्केरी वृद्धि गरि आमा र बच्चाको जीवन सुरक्षाका लागि सासु बुहारी अन्र्तक्रिया कार्यक्रम गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख के.सी.ले जानकारी दिनुभयो ।

पालिकाले यस वर्ष सुत्केरी हुन जाँदा आउदा लाग्ने यातायात खर्च व्यहोर्ने निणर्य गरेको छ । त्यसैगरि पालिकाभित्र ८० जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *